२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कृषि पकेट कार्यक्रममा कृषि शाखा भागेश्वरको बदमासी, १२ लाखका कृषि औजार र बिउबिजन खरिदः कृषकलाई भुलाउने खेल

डडेल्धुरा –  डडेलधुराको सभागेश्वर गाउपालिकामा रहेको कृषि शाखाले नियम विपरित कृषि पकेट कार्यक्रममा काम गरेको पाईएकोछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाू अन्तर्गत कृषि प्याकेज कार्यक्रममा न्यूनतम क्षेत्रफल र संख्या निर्धारण गरिनुपर्ने। लक्षित समुदाय,वर्ग छनोट गरिनुपर्ने। तालिम र क्षमता विकास कार्यक्रम तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गरिनुपर्ने। अनुदान प्राप्त गर्न किसानसँग सझौता गरिनुपर्ने। मासिक, चौमासिक, वार्षिक प्रतिवेदन तयार पार्नुपर्ने भएता पनि कृषि शाखाले उक्त कार्यहरु नगरेको पाईएकोछ ।
उक्त कार्यक्रममा १२ लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा प्याकेज नचलाई पटक–पटक कृषि उपकरण तथा बीउ विजन खरिद गरिएको छ। कार्यक्रम सञ्चालन नभई खर्च गरिएको देखिएकोछ। प्रतिवेदन त तयार पारिएको छ, तर अपेक्षित नतिजा प्राप्त नभएको देखिएको छ। म्यानुअल अनुसार कार्यक्रम नचलेको, प्याकेज निर्माण नभएको पुष्टि भएको महालेखा प्रतिवेदन देखाएकोछ ।

कार्यक्रम म्यानुअल बमोजिम नचलेको। खर्चबाट अपेक्षित परिणाम नआएको। परिणाममुखी कार्यान्वयन गर्न निर्देशन दिनुपर्ने महालेखा प्रतिवेदनले सुझाव दिएकोछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।