डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरिद गरेको डोजर र ऐम्बुलेन्सको आम्दानी भन्दा ममर्त खर्च दोब्बर देखिएकोछ । ०८१ सालमा डोजरले १ बर्षमा ११ लाख १९ हजार २० रुपैपाया आम्दानी गरेको थियो भने सोको मर्मत खर्चमा पालिकाले रु २० लाख ६२ हजार ८ सय ५५ रुपैया खर्च गरेको पाईन्छ । यस्तै पालिकामा रहेको ऐम्बुलेन्सले १ बर्षमा आम्दानी गरेको रकम २ लाख ६० हजार रुपैया हदाँ उक्त गाडिमा ममर्तत खर्च भने ३ लाख १९ हजार ८ सय ८५ रुपैया खर्च गरेको पाईएको छ । पालिकाले यसरि आम्दानी भन्दा ममर्त तथा ईन्धनमा दोब्बर खर्च गर्दा स्थानीयहरु ले सो काम प्रति प्रश्न र आशंका गरेको पाईन्छ । यहि बिषयलाई लिएर गत हप्ता वाईसिएल भागेश्वरले पनि पालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।



Views: 990

























