२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

छाउपडी गोठ १५ दिनभित्रै भत्काउन कृष्णपुर नगरपालिकाको उर्दी

डडेल्धुराः छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ । पालिकाको केही वडामा अझै पनि छाउपडी प्रथा कायम रहेको भन्दै नगरपालिकाको कार्यालयले १५ दिनभित्रै त्यस्ता गोठ भत्काउन उर्दी जारी गरेको हो।
छाउपडी गोठमा बसेको बेला शुक्रबार राति सर्पले डसेपछि कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो ।
महिलाको अकालमै ज्यान गएपछि नगरपालिकाको कार्यालयले सबै वडा कार्यालयलाई छाउपडी गोठको निरीक्षण गरी भत्काउन आदेश दिएको छ । गोठ नभत्काउनेलाई कानुनी कारबाहीसहित १० हजार रुपियाँ जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

May be an image of blueprint and text

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।