डडेल्धुरा -भित्रीमधेश क्षेत्रमा ब्यापक बालुवा गिट्टी उत्खन्न तथा ओसार पसार भएको भन्दै बिभिन्न संचारमाध्याममा समाचार आएपछि बिहीबार जिल्ला अनुगमन समितिले अनुगमन गरेको छ ।
बिभिन्न संचारमाध्याममा भित्रीमद्येशकाका बिभिन्न नदी तथा खोलाहरुबाट दैनिक रुपमा बालुवा गिट्टी ओसार–पसार तथा उत्खन्न भईरहेको सामाचार आएपछि ढुङ्गा, गिट्टी, बालुवा ओसार–पसार, बिक्रिवितरण एवम् नियन्त्रण समिती संयोजक तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको संयोजकत्वमा भित्रीमदधेशमा क्षेत्रमा अनुगमन गरिएको छ ।



समितिले रंगुन खोला र रंगुन नदीमा पुल निर्माण गर्न अस्थायी रुपमा स्थापना गरेको मिनी क्रसर समेतको अनुगमन गरेको छ । संचारमाध्यममा क्रसर संचालनमा रहेको समाचार आएपछि हाम्रो टोलीले अनुगमन गरेको संयोजक भट्ट बताए ।
‘हामीले रंगुन खोला र जोगबुढा–कटान जोड्न रंगुन पुल नजिक बनेको अस्थायी मिनी क्रसरको समेत अनुगमन गरेका छौं ।’ संयोजक भट्टले भन्नु भयो, ‘खोलाका केही ठाउँमा बालुवा गिट्टी उत्खन्न भएको देखिएपनि क्रसर भने लामो समयदेखि बन्द रहेको अवस्थामा पायौं ।’
परशुराम नगरपालिकाले बालुवा गिट्टी उत्खन्न तथा ओसार पसारमा रोक लगाएको भएपनि केही ठाउँमा उत्खन्न भईरहेको गुनासो आएपछि समितिले अनुगमन गरेको हो ।
‘रंगुन नदीमा पुल निर्माण गर्न अस्थायी रुपमा क्रसर संचालन गरिएको भए पनि हाल क्रसर पुर्ण रुपमा बन्द अवस्थामा रहेको देखियो ।’ संयोजक भट्टले भन्नु भयो , ‘यो अवस्थामा नदी तथा खोलाबाट बालुवा गिट्टी उत्खन्न तथा ओसार पसार गर्न कानुनी रुपमै बन्देज लगाईएको छ ।’
केही ठाउँमा स्थानियहरुबाटै बालुवा गिट्टी उत्खन्न भएको हुनसक्छ तर हामीले पुग्दा तेस्तो अवस्था नदेखिएको डडेल्धुरा जिल्ला समन्वय अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भयो ।
स्थानीयहरुलाई बुझ्दा क्रंसर उद्योग चैत्र देखि नै बन्द अवस्थामा रहेको बुझिएको उहाँले बताउनु भयो । अनुगमनमा जिल्ला समन्वय समिति उप–संयोजक रत्ना कामी, जिल्ला समन्वय अधिकारी ईश्वरी प्रसाद अर्याल, शाखा अधिकृत करुणाकर अवस्थी, परशुराम नगरपालिकाका उपमेयर कलावती बोहरा, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु,ईलाका प्रशासन कार्यालयका निमित्त प्रमुख महेश धामीको सहभागि थिए ।
ढुङगा, गिट्टी, वालुवा, संकलन, ओसार–पसार, बिक्रिवितरण तथा नियन्त्रण कार्यबिधी २०७७ ले पनि बर्षादको समयमा बालुवा गिट्टी ओसार–पसार गर्न पुर्ण प्रतिबन्ध लगाएको छ । केही समय अघि परशुराम नगरपालिकाले पनि ढुङ्गा, गिट्टी, बालुवा संकलन तथा ओसार पसारमा रोक लगाएको छ ।

























