काठमाडौँः काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन_ ले आइतबार नगरसभाको घोषणा गरेर कार्यपालिका बैठक कक्षबाट बाहिरिएका छन् सात महिना पछि कार्यपालिका बैठकमा उनले १ मिनेट ८ सेकेन्डमा बैठक टुङ्ग्याएर जुरुक्क उठेर हिँडेका हुन् ।



उनले उपप्रमुख सुनिता डङ्गोललाई सम्बोधन गरेपनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई भने सम्बोधन गरेनन् । यस अगाडिका बैठकहरुमा प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्ने गरेका थिए । उनले एकमुष्ट रुपमा ‘कर्मचारीज्यूहरु’ भन्दै सम्बोधन गरेका हुन् । महानगरको कार्यपालिकामा आज २४ वटा एजेण्डाहरु रहेका थिए ।
Views: 230

























