२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

गुरु शिष्य बिचको आत्मियता सहित मनाईयो बैजनाथ मा.वि मौरडामा गुरुपूर्णिमा

डडेल्धुराः गुरु शिष्य बिचको आत्मियता बैजनाथ मा.वि मौरडामा गुरुपूर्णिमा मनाईएकोछ । आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै टिका कापी ,घडि, कलम, तथा मालाबाट श्रद्धा अर्पण गरेका थिए।
विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीका अनुसार कार्यक्रममा विद्यार्थीद्वारा सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । ‘गुरुपूर्णिमा शिक्षाप्रतिको आदर व्यक्त गर्ने दिन हो। यसलाई आत्मसात गर्दै हाम्रो विद्यालयमा विद्यार्थीहरूले गुरुहरूलाई सम्मान जनाए,’ प्रधानाध्यापक धामीले भन्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। गुरुपूर्णिमा हिन्दू परम्परामा गुरु र शिक्षाप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा मनाइन्छ। यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार र मूल्यबोधको विकासमा सहयोग पु¥याउने गर्दछ ।

यस्ता कार्यक्रमहरुले विद्याथीृहरु र शिक्षक बीचको आत्मियता बढाउनुका साथै विद्यार्थीहरुको मनोवल उच्च रहने शिक्षक शुनिल भट्टको भनाई रहेकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।