डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा वाई सिएल भागेश्वरले ध्यान आर्कषर्ण पत्र बुझाएकोछ । पछिल्लो समयमा पालिकाका बेथिति, कमीकमजोरीहरु मिडिया तथा आम संञ्चार मार्फत बाहिर आएको भन्दै यी र यस्ता कार्यहरुमा पालिकालाई वाई सिएल नेपालले ध्याआर्कषण गराएको हो ।
पालिकामा हुने बेथिती, भ्रष््टाचार र अन्यायका विरुद्ध आफूहरु सधै बोल्न तयार रहेको वाई सिएल भागेश्वरले बताएकोछ । पालिका भित्र भएका विभिन्न ११ बुदामा रहेर ध्यानआर्कषण पत्र बुझाएको हो ।
पालिकामा संञ्चालित कार्यक्रमहरु प्रभावकारी नभएको, कोटेसन पद्धती नियम संगत नभएको, औषधि खरिद अनियमित भएको, कृषि सामग्राी खरिदमा अनियमियतता गुणस्तरहीन भएको, सार्वजनिक सुनुवाईमा सुचना प्रवाह सुस्त भएको, आर्थिक साहयतामा जोखिम मुल्याङकनका आधारमा वितरण नगरिएको, शैक्षिक गुणस्तर लगानी अनुसारको प्रगती नभएको, क्यान्टिन प्रकिृया टेन्डर प्रकिृया नअपानएको, नियम विपरित करार कर्मचारी भर्ना गरेको आदि लगायतका मागहरु रहेका थिए ।
यी मागहरुमा भागेश्वर गाउँपालिकाको ध्यान आर्कषर्ण भएको भागेश्वर गाउँपािलकाका अध्यक्ष हेमराज चटौलले बताएका छन् । सार्वजनिक सुनुवाईमा हामीले आगामी दिनमा सबैलाई बोलाउछौ , यी बिषमा हाम्रो गम्भीर ध्यान आर्कषर्ण भएको चटौतले बताए ।



यस्ता छन् वाई सिएल भागेश्वरले राखेका ११ मागहरुः


























