डडेल्धुराः सात स्थानीय तह रहेको डडेल्धुरामा ‘घुमेरै’ खर्चिए डेढ करोड बढी खर्च गरेको पाईएकोछ । गत आर्थिक वर्ष २०८०।०८१ मा डडेल्धुराका सातवटै स्थानीय तहहरूले भ्रमण शीर्षक मा १ करोड ६७ लाख ९७ हजार ७८४ रुपैयाँ खर्च गरेकोछ ।



अमरगढी नगरपालिकाले एक वर्षमा मात्र भ्रमणका लागि ४४ लाख ९८ हजार ८८७ रुपैयाँ खर्च गरेको छ। आलिताल गाउँपालिकाले ३३ लाख ६३ हजार ६०९ रुपैयाँ खर्च गरेको छ। परशुराम नगरपालिकाले ३२ लाख ६७ हजार ८७४, र अजयमेरु गाउँपालिकाले २५ लाख ६२ हजार ४६८ रुपैयाँ खर्च गरेको छ।भागेश्वर गाउँपालिकाले २३ लाख ९४ हजार ३२०, नवदुर्गा गाउँपालिकाले ४ लाख ४७ हजार ८०९ र गन्यापधुरा गाउँपालिकाले २ लाख ६२ हजार ८१७ रुपैयाँ खर्च गरेको तथ्यांक महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको हो।
Views: 1,266

























