२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुराबाट चालु आ.व. मा श्रम स्विकृती लिनेको संख्या दुई हजार भन्दा माथि

डडेल्धुरा: डडेल्धुरामा यस चालु आ.व मा श्र्म स्विकृती(पूनः श्रम स्विकृती) लिनेको संख्या दुई हजार १ सय ९४ रहेकोछ । पछिल्लो समयमा डडेल्धुरामा बैदेशिक रोजगारमा जानेको संख्या बढेको तथ्याङ्कले देखाएको छ ।

बिहीबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिकाले सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा यो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले वैदेशिक रोजगारीको नाममा ठगी, कानुनी अन्योल र दलालको जालो झेलिरहेका युवाको संख्या बढ्दै गएको बताए । उनले वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना र सेवाको पहुँच गाउँबस्तीसम्म पुर्‍याउन जरुरी रहेको धारणा राखे । सामी कार्यक्रमका अधिकृत विष्णु अर्यालले सूचनाको अभावले धेरै नेपाली विदेशमा पीडित बन्ने गरेको उल्लेख गर्दै कार्यक्रममार्फत कानुनी सेवा, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी सेवा दिइँदै आएको जानकारी दिए । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
बैदेशिक रोजगार सम्बन्धि उजुरीको संख्याः
डडेल्धुराः नेपालमा बैदेशिक रोजगार सम्बन्धि उजुरी बढदै गएको पाईएकोछ । पछिल्ला पाँच बर्षको उजुरी संख्या हेर्दा बर्षेनी उजुरीहरु बढदो क्रममा रहेको पाईएकोछ । आ.व. २०७६।०७७ मा १२५१ उजुरि परेकोमा आ.व. ०७७।०८८ मा ११३७, आ.व. ०७८।०७९ मा ३१४९, आ.व. ०७९।८० मा ४४६४, आ.व. ०८०।०८१ मा ४३५८ उजुरी परेको तथ्याङकले देखाएकोछ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।