डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले कक्षा १० र कक्षा ८ मा उतकृष्ट नतिजा ल्याखउने छात्रछात्रालाई नगद सहित सम्मान गरेकोछ । कक्षा १० मा ३.५१ जिपिए सहित उतकृष्ट नतिजा ल्याउने छात्र शिवशंकर माध्यमिक विद्याल रुपालीगाडका नविन नाथ र छात्रा तर्फ सारदा माध्यमिक विद्यालयका झर्ना कुमारी थापामगर ३.३१ जिपिए सहित उतकृष्ट भएका हुन् ।
यस्तै भागेश्वर गाउँपालिकाको कक्षा ८ को नतिजामा उतकृष्ट हुने विद्याथीृलाई पालिकाले सम्मान गरेकोछ । कक्षा ८ मा छात्र तर्फ गोविन्दपुरी माध्यमिक विद्यालय लामिकाण्डेका निर्मल कोली ३.८६ जीपिए सहित प्रथम भएका छन् भने छात्रा तर्फ सरस्वती माध्यमिक विद्यालय बगरकोटका छात्रा आकृति भट्ट ३. ८६ जिपिए प्रथम भएकि हुन् । उनीहरुलाई पालिकाले सम्मान गरेकोछ ।
पालिकाले कक्षा १० मा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी लाई जनहि १५ हजार नगद सहित र कक्षा ८ मा उतकृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई जनहि १० हजार नगद सहित सम्मान गरेको शिक्षा युवा तथा खेलकुद शाखा (भागेश्वर गाउँपालिका) का प्रमुख गणेश पौडेलले खबरदारी न्युजलाई बताउनु भयो ।




























