डडेल्धुरा: डडेल्धुरा जिल्ला देख्नमा जति सुन्दर छ , यहाँ त्यति नै समस्याहरु रहेका छन् । जस मध्येको प्रमुख समस्याहो छाडा पशुचौपाया व्यवस्थापन । जिल्ला सदरमुकामको बागबजार क्षेत्रमै दिनको समय हो या रातीको समय होस छाडापशुचौपायाले गर्दा दुर्घटना जोखिम पनि उत्तिकै रहेकोछ ।
बेसाहा झै बनेका यी पशुचौपायाको सेवामा निरन्तर लागि परेको छिन् अमरगढी बागबजार घर भएकी पुर्णीमा देउबा , उनले न त कुनै संस्था चलाएकि छिन न त कुनै निकाय बाट आर्थिक सहयोग नै मागेकि छिन उनी निस्थार्व रुपमा छ पशुचौपायाको सेवा निरन्तर लागिरहनुभएकोछ ।



![]()
बागबजार क्षेत्रमा रहेका पशुचौपायहरुलाई उनले बिहान र साझ घासँपात दिन्छिन भने , अशक्त पशुचौपायहरुलाई उनले आफ्नै टहरामा बस्ने व्यवस्था समेत मिलाएकि छिन् । सोमबार साझ उनले आफ्नै टहरामा छाडा पशुलाई घाँस दिएको भिडियो सामाजिक संञ्जालमा निकै सेयर गरिएकोछ । उनी भन्छिनः अहिलेको समयमा मानिसहरुमा मानवता भन्ने कुरा निकै कम देखिएकोछ , मैले मेरो भावना अनुरुप पशुचौपयाहरु स्याहासुहार गरिरहेकी छु , हाम्रो जस्तै दुख उनीहरुको पनि हो । कति पशुहरुलाई गाडिले ठक्कर दिदा उनीहरु असक्त भएका हुन्छन् यसमा पनि कसैले चासो दिदैनन मलाई दया लाग्छ मैले आफ्नै लगानीमा उपचार, खाना, बास व्यवस्थापन गरेकि हुन्छु , सकन्जेल सम्म यो कार्यलाई निरनतरता दिन्छु । यस्ता कार्यमा सबैले लाग्नु पर्ने उनको भनाई रहेकोछ । यो कार्यमा उनलाई उनका छोरा गणेश देउवाले पनि सहयोग गर्दै आएका छन् ।
हरौं भिडियोः
https://www.facebook.com/share/v/1CiVs5j2gG/
https://www.facebook.com/share/v/1CiVs5j2gG/

























