२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ डडेलधुराका तीन किसानलाई प्रदान

डडेलधुरा — सात पालिका रहेको डडेल्धुरा जिल्लाका तीन किसानलाई कृषि तथा पशुपालन क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । आज (आइतबार) राष्ट्रिय धान दिवसका अवसरमा उनीहरूलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

कृषि ज्ञान केन्द्र डडेलधुराले आयोजना गरेको कार्यक्रममा गन्यापधुरा गाउँपालिका २ का रविन्द्र माली, अजयमेरू गाउँपालिका १ की चन्द्रकुमारी ओझा र परशुराम नगरपालिका ११ का मिलन घिमिरेलाई जनही २५ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले जानकारि दिएका छन् ।
पुरस्कृत कृषकले स्थानीय स्तरमा उदाहरणीय काम गरेको पनेरुले बताए । कृषि र पशुपालन दुवै क्षेत्रमा नवप्रवर्तनशील अभ्यास गरेर अरूका लागि प्रेरणाको स्रोत बनेको उनको भनाई रहेकोछ ।

डडेल्धुरामा हरेको बर्ष यो पुरस्कार दिईने गरिएकोछ । यसले किसानहरुलाई प्रेरणाका साथै हौसला मिल्ल्ने गरेकोछ । यो पुरस्कार किसानहरुलाई हौसला प्रदान होस भन्ने हेतुले विगत ३ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको पनेरुको भनाई रहेकोछ । कृषकहरु उक्त पुरस्कार पाउदा खुशी भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।