२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुराः अमरगढी स् डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएकोछ । हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने यहाँ असार दोस्रो सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए। नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ। निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उनले बताए।

 

जिल्लाको भित्रीमधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ। त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ।

समयमा रोपाइँ भएकाले धान उत्पादन पनि वृद्धि हुने विश्वास लिइएको प्रमुख पनेरुले बताए। डडेल्धुरामा छ हजार हेक्टर बढी क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।