२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

लिम्पिया नेशनल कलेजको ग्राण्ड फूटसल महोत्सव: SEE सक्ने विद्यार्थीहरूका लागि जोश, पुरस्कार र अवसरको संगम!

लिम्पिया नेशनल कलेजद्वारा आयोजित ‘2nd SEE Appeared Futsal Tournament’ को टाइसीट ड्र सम्पन्न, भोलीदेखि सुरु हुँदैछ तिनदिने रोमाञ्चक खेलकुद महोत्सव

२०८२ असार ११, बुधबार | काठमाडौं

लिम्पिया नेशनल कलेजको आयोजनामा हुने दोस्रो संस्करणको ‘SEE Appeared Futsal Tournament’ को टाइसीट ड्र आज भव्य रूपमा सम्पन्न भएको छ। आगामी तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता भोली असार १२ गतेदेखि सुरु हुँदैछ। एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो फूटसल प्रतियोगिता युवा प्रतिभा पहिचान र विकासको सशक्त माध्यमका रूपमा लिइएको छ।

“खेलकुदले जीवनलाई अनुशासित बनाउँछ र सफलताको सिँढी चढ्न मद्दत गर्छ।”

निराजन चौलागाईं, कार्यक्रम संयोजक

आज सम्पन्न टाइसीट ड्र कार्यक्रममा सहभागी टिमहरूको नाम र प्रतिस्पर्धात्मक खेल तालिका सार्वजनिक गरिएको छ। टाइसीट अनुसार पहिलो दिनको खेल बिहान ८:०० बजेबाट सुरु हुनेछ भने खेलहरू लिम्पिया स्पोर्ट्स ग्राउण्ड, काठमाडौंमा आयोजना गरिनेछन्। आयोजकका अनुसार खेल निष्पक्ष, मर्यादित र अनुशासित ढंगले सञ्चालन हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले नगद रु. ३०,०००, ट्रफी, मेडल, प्रमाणपत्र र लिम्पिया नेशनल कलेजबाट छात्रवृत्तिको अवसर प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टिमलाई नगद रु. २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसापत्र (Participation Certificate) प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

“जीवनमा जित्न चाहनुहुन्छ भने, खेल मैदानमा पहिला आफ्नो मन जित्नुस्।”

गजेन्द्र काण्डाङवा, अध्यक्ष

खेलकुद केवल खेल नभई नेतृत्व, आत्मविश्वास र सकारात्मक सोचको माध्यम हो। यस प्रतियोगिताले युवाहरूमा समर्पण, सहकार्य र प्रतिस्पर्धाको भावना बढाउनेछ।” उनले थपे, “खेलकुदमार्फत विद्यार्थीको व्यक्तित्व विकास र करियर निर्माणको ढोका पनि खुल्नेछ।

“आजको अभ्यास भोलिको सफलता हो।”

मदन राज रेग्मी, प्रधानाध्यापक

“खेलकुदले विद्यार्थीमा अनुशासन र टीम भावना विकास गर्छ, जुन शिक्षाको एक अभिन्न अंग हो।”

किशोर टमाटा, समन्वयक 

“शैक्षिक प्रगतिको लागि खेलकुद आवश्यक माध्यम हो, जसले विद्यार्थीलाई सर्वाङ्गीण विकासमा सहयोग पुर्याउँछ।”

सुदर्शन पराजुली, शैक्षिक प्रमुख

 

लिम्पिया नेशनल कलेजले युवाहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन यस्ता प्रतियोगिता निरन्तर गर्दै आएको छ। गत वर्षको सफलताको आधारमा यस वर्षको संस्करण झनै भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

यस प्रतियोगितामा कुल 20 वटा टिम सहभागी हुनेछन् जसले तीन दिनसम्म खेल मैदानमा आफ्नो सीप र क्षमताको प्रदर्शन गर्नेछन्। उत्साहित विद्यार्थी, प्रशिक्षक र दर्शकहरूले यस खेल महोत्सवलाई सफल र ऐतिहासिक बनाउने विश्वास आयोजकले लिएको छ।

लिम्पिया नेशनल कलेज सम्पूर्ण SEE Appeared विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो क्षमता प्रस्तुत गर्न हार्दिक आमन्त्रण गर्दछ।

आउनुहोस्, खेलौँ, रमाऔं र विजयी बनौँ! ⚽

🏆 पुरस्कार विवरणः

प्रतियोगितामा सहभागी टिमहरूको जोश र मेहनतलाई सम्मान गर्नका लागि लिम्पिया नेशनल कलेजले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई नगद राशिसँगै ट्रफी, मेडल, प्रमाणपत्र र छात्रवृत्तिको अवसर प्रदान गरिनेछ।

🥇 विजेता टिमलाई:

  • नगद पुरस्कार रू. ३०,०००

  • विजेताको ट्रफी

  • गौरवशाली मेडल

  • प्रमाणपत्र (Certificate)

  • लिम्पिया नेशनल कलेजबाट विशेष छात्रवृत्तिको अवसर

🥈 उपविजेता टिमलाई:

  • नगद पुरस्कार रू. २०,०००

  • उपविजेताको ट्रफी

  • मेडल

  • प्रमाणपत्र (Certificate)

यसबाहेक, प्रतियोगितामा सहभागी हुने सबै टिमहरूलाई प्रशंसापत्र (Participation Certificate) प्रदान गरिनेछ, जसले उनीहरूको सहभागितालाई सम्मान गर्नेछ।

समाचार प्रतिवेदनः हरि कार्की

Live Tie Sheet : https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=691313593809184&rdid=6l6sjYMvTEeutGbs

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।