डडेल्धुराः दुर्घटना न्युनिकरणका लागि डडेल्धुरा सदरमुकाममा रहेका खाल्डाखुल्डी पर्ने कार्य गरिएकोछ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुर्घटना न्युनिकरणका लागि सो कार्य गरेको हो । जिल्ला सदरमुकाममा रहेको भीमदत्त राजर्माग अन्तरगत किर्तिपुर देखि भात्काडा बजार सम्म रहेका खाल्डा खुल्डीहरु पुर्ने कार्य गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टले बताउनुभयो ।
बर्षयाम सुरुभए सँगै र अन्य विविध कार्यले गर्दा हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागि सचेतनामुलक कार्य गर्ने, बोर्डहरु लगाउने कार्य गर्दै आएका थियौ र आज हामीले खाल्डाखुल्डीहरु पुर्ने कार्य पनि गरिएको बिष्टको भनाई रहेकोछ ।
दुर्घटना न्युनिकरणका लागि डडेल्धुराका सबै युनिटलाई डडेल्धुरा प्रहरीले परिचालन गरेकोछ । यस्ता कार्यक्रमहरुमा स्थानीय जनताबाट राम्रो सहयोग मिलीरहेका उनको भनाई रहेकाछ । उनले थपे हामीले कार्यक्रमहरु गर्दा सबै सरोकावालाहरुको सहभागितामा गर्ने गरेको बताए ।
डडेल्धुरामा के रातीको समयमा मदिरा सेवन गरेर सवारी चलाउने संख्या बढेका छ त ?
हामीले विभिन्न यूनिटहरु यस बिषयमा परिचालन गरेका छौ , यस्ता घटनाहरु त खासै देखा परेका छैनन् कहि कतै मात्र न्युन रुपमा देखिने गरिन्छ , यसलाई पनि हामीले न्युन गर्ने योजना राखेका छौ । सुरक्षालाई मध्यनजर गरि बजार क्षेत्रमा सिसिटिभि क्यामरा सकिृय पारेको बिष्टको भनाई रहेकोछ ।



यस्तो कार्य आम नागरिकका लागि सकारात्म रहेको स्थानीय प्रेम बोहराको भनाई रहेकोछ ।
हरौं डेल्धुराका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्बर बिष्ट संग गरिएको कुराकानीः

























