डडेल्धुरा: वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ मा १० थान डस्टबिन (फोहरमालाईहरु ) हस्तान्तरण गरेको छ।



संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी प्रमुख अतिथि थिए भने वडा अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो। बैंकका operation incharge कमल ऐडिका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिनहरूको हस्तान्तरण गरिएको बताए ।
शाखा प्रमुख विरेन्द्र शाहीका अनुसार, “ग्लोबल आइएमई बैंक सामाजिक उत्तरदायित्वप्रति सधैं सजग छ र आगामी दिनहरूमा पनि यस्ता समाजउपयोगी कार्यहरूमा निरन्तर सक्रिय रहनेछ।”
यस कार्यक्रमबाट स्थानीय स्तरमा वातावरणप्रति सचेतना बढ्ने र फोहर व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
Views: 602

























