धनगढीः प्रहरीको मिलेमतोमा दुई दिनअघि कारागार चलान भएका हरिश सिंह पालीको मृत्यु भएको छ । बैंकिङ कसुरमा पक्राउ परेका २८ वर्षीय पाली डडेल्धुरा भागेश्वर (५ का बासिन्दा हुन् ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हरिजित नाथको अत्याचारका कारण मृत्यु भएको मृतकका आफन्तहरूको भनाइ छ। भारतीय नागरिकसँगको लेनदेनका विषयमा दुई महिना अगाडि महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी बार्गेनिङ मस छोडेका पालीलाई डडेल्धुराबाट निजी गाडीको प्रयोग गरी जिल्ला प्रहरी कार्यालय कैलाली पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय पछि पालीलाई जिल्ला कारागार कैलालीमा राखिएको थियो। कारागारमा दुई दिन नबित्दै पाली बिरामी भएपछि उपचारको लागि प्रादेशिक सेती अस्पताल कैलालीमा पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकु राजकुमार सिंहले बताए पनि, आफन्तहरूले भने अघात पीडा र यातना दिएर प्रहरी कार्यालयमा वा कारागारमै मारेर अस्पताल पुर्याएको हुनसक्ने आशंका गरेका छन्।
आफन्तले सिसिटिभी फुटेज माग्दा पनि उपलब्ध हुन सकेको छैन। सिसिटिभी फुटेज समेत उपलब्ध नगराउँदा आफन्तहरू प्रहरीले नै हत्या गरेको भन्दै मिडियामा पुगेका छन्।मृतकका काका पदम सिंहपालीले भने, प्रहरी नायब निरीक्षक हरिजित नाथले पैसा पठाउन भनी पटकपटक भनेको र आफूहरुले भनेबमोजिम ८५ हजार हरजित नाथकै खातामा असार २ गते पठाएको समेत बताए। उनले भने हरिसिंह पाली एक व्यवसायी भएको र भारतीय व्यवसायीहरूसँग लेनदेनको प्रक्रिया रहेको त्यसै प्रक्रियाको बीचमा प्रहरी नायब निरीक्षक नाथले दलालको भूमिका निभाएर प्रहरीको वर्दीको आडमा ज्यादती गर्दै मिलेमतोमा आघात यातना दिई हत्या गरेको उनको आरोप छ।
सेती प्रादेशिक अस्पतालको शवगृहमा गई मृतकको अवस्था हेर्दा शरीरभरि निलडाम र टाउकाको पछाडि भागबाट रगत बगेको अवस्थामा रहेको थियो।
आफन्तहरूले प्रहरीको दमनका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेको बताएका छन्। आफूहरुले न्याय नपाउँदा सम्म शव नउठाउने पीडितहरूको अडान रहेको छ। मृतक पालीको घरमा श्रीमती र एक छोरा रहेको समेत जानकारीमा आएको छ।
- by : sunrisetvnews

























