२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुराका अधिकान्स स्थानीय तहको बेरुजुमा बृद्धि (कुन पालिकामा कति छ बेरुजु हरौं सूची सहित)

डडेल्धुरा – सात पालिका रहेको डडेल्धुरामा पछिल्लो समयमा पालिकाहरुको बेरुजु बढने क्रममा रहेको तथ्याङकले देखाउछ । डडेल्धुराका सात स्थानीयतहहरूमा आर्थिक वर्ष २०८०।८१ मा बेरुजु रकम झनै बढेको देखिएको छ। महालेखा परीक्षण प्रतिवेदनअनुसार अधिकांश पालिका र नगरपालिकामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम वृद्धि भएको हो, जसले आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।

आलिताल गाउँपालिकामाः
११ करोड ७ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ। अघिल्लो वर्ष १० करोड ८४ लाख ३९ हजार रुपैयाँ बेरुजु थियो। बीमा, भ्रमण खर्च तथा अन्य शीर्षकमा देखिएको अनियमितताले बेरुजु थपिएको हो।
परशुराम नगरपालिकामाः
गत वर्ष ७ करोड ९६ लाख ८३ हजार रुपैयाँ बेरुजु थियो भने चालु आर्थिक वर्ष २०८०।८१ मा उक्त रकम बढेर ८ करोड ६२ लाख ९६ हजार ६ सय पुगेको छ।

अमरगढी नगरपालिकामाः
बेरुजु रकम गत वर्ष ९ करोड ८९ लाख ३७ हजार थियो, जुन बढेर चालु वर्षमा ११ करोड ६८ लाख ९४ हजार १ सय ९४ रुपैयाँ पुगेको छ। यो जिल्लाकै सबैभन्दा बढी बेरुजु देखिएको स्थानीय तहमध्ये एक हो।

भागेश्वर गाउँपालिकामाः
बेरुजु गत वर्ष १३ करोड २६ लाख ७८ हजार थियो, जुन चालु वर्षमा घटेर ११ करोड ३३ लाख २४ हजार २०३ रुपैयाँमा झरेको छ।

गन्यापधुरा गाउँपालिकामा ः
गत वर्ष १ करोड ४७ लाख ५८ हजार बेरुजु थियो भने यो वर्ष बढेर १ करोड ९८ लाख २४ हजार ८४२ रुपैयाँ पुगेको छ।, जुन अन्य पालिकाको तुलनामा कम देखिएको छ।

नवदुर्गा गाउँपालिकामाः

बेरुजु रकम गत वर्ष ४ करोड ६६ लाख २२ हजार रुपैयाँ थियो भने चालु वर्षमा ५ करोड ९४ लाख ५६ हजार १३३ पुगेको छ।

अजयमेरु गाउँपालिकामाः
गत वर्ष ७ करोड ३९ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको थियो, जुन चालु वर्षमा थोरै वृद्धि भई ७ करोड ४८ लाख ३२ हजार ९१५ रुपैयाँ पुगेको छ।

महालेखा परीक्षण प्रतिवेदनले अधिकांश स्थानीय तहमा खर्च पारदर्शिता, प्रक्रिया र विधिसम्मतता नअपनाइएका कारण बेरुजु रकम बढेको उल्लेख गरेको छ। ऐन, नियमावली र वित्तीय अनुशासनको पालना नगरी गरिएको खर्च, समयमै फर्च्यौट नगरेका रकमहरू र अभिलेख अद्यावधिक नहुनुले आर्थिक व्यवस्थापन प्रणालीमै कमजोरी देखिएको हो। सरकारी कोषको दुरुपयोग, ऐन विपरीतका भुक्तानी, र अनियमितता समेटिएको खर्चले आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

वित्तीय पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्न सम्बन्धित निकायले तीव्र सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।