२०८२ असार ३० सोमबार
२०८२ असार ३० सोमबार

चुडी गाउँको लघु जलविद्युत योजना मर्मत नगरिदा अध्यारोमा स्थानीय

डडेल्धुरा: लघु जलविद्युत योजना मर्मत नहुदा चुडी गाउँवासी अध्यारोमा बस्न बाध्य हुने गरेका छन । भागेश्वर गाउँपालिका १ चुडी गाउँमा तीन वर्ष पहिले करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड सिंचाई तथा लघु जलविद्युत योजना निर्माण गरिएपछि गाउँवासीले उज्यालो पाएका थिए । तर हाल उपकरणहरु मर्मत हुन नसक्दा बेला बेला बत्ति जाने गरेको छ । लघु जलविद्युत योजना निर्माण गरिए पछि २८ घरघुरी रहेको चुडीका सबै घर, एउटा आधारभूत विद्यालय र सामुदायिक भवनमा बिजुली बलेको थियो । दुइ वर्षको वारेन्टि भएका उपकरण मर्मत र नफेरिदा समस्या आएको हो । पानी खुला बन्द गर्ने बटरफ्लाइ, बिद्युत प्रवाह गर्ने नोजल, ब्यारिंग र मिटरहरु खराब भएको विद्युत गृहका अपरेटर पदमसिंह थलालले बताउनुभयो । उपकरण नयाँ फेर्न करिब तीन लाख रुपैयाँ पर्ने र फेर्नका लागी आउने अपरेटर खर्च थप लाग्ने आनुमान गरिएको छ । तर उक्त रकम छैन । उनले भने, स्थानीय सरकारले आवश्यक रकम नछुट्याई दिदा अध्यारोमा बस्नु पर्ने बाध्यता छ ।

प्रत्येक घरधुरीबाट मासिक एक सय रुपैयाँका दरले शुल्क उठाउने गरे पनि उपकरण खरिदका लागी रकम जमा हुन नसकेको उनले बताए । यस आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट रहेको छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुन सकेको छ । बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको थियो । हाल घट्ट निर्माण गरिएको उनले बताए ।

चुडी गाउँको केही पर पत्रम र माथी बलकाँडे गाउँ छन । योजनाका पोल र तारहरु खपत नभई बचेका पनी छन । यहाँको बिजुली अन्य गाउँमा लैजाने कुनै योजना पनि नबनाइएकाले उत्पादन हुने बिजुली खेर गईरहेको उनको भनाई छ ।

नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो ।
 नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो ।

नेपाल–भारतको सीमा नदी महाकाली नदीको केही माथि पर्ने दुर्गम चुडी गाउँमा बिजुलीसँगै मिल सञ्चालन आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका थिए । तर अहिले फेरी जनजीवन कष्टकर बन्न पुगेको चमा गाड सिंचाई तथा लघुजल विद्युत योजनाका अध्यक्ष कालुसिंह बोहराले बताए ।

नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो । चार हजार छ सय मिटर टाढाबाट कुलो बनाएर गाउँमा पानी पुगाई सो आयोजना सञ्चालन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो ।

विद्युत गृहभन्दा तल गाउँ र खेतबारी रहेको छ । विद्युत गृहबाट निस्केको पानी पिउन, सिँचाइ गर्न मिल्ने भएकाले पानीको बहुउपयोग भईरहेको उनले बताए ।

  • by- sancharlence
Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।