डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाँउपालिका सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा अनिर्वाय तथा निशुल्क आधारभूत शिक्षा सम्बन्धि १ दिने अन्तरक्रिया कार्याक्रम सम्पन्न भएकोछ । शुक्रबार एक औपारिक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट (बोगटी) ले ब्यान बाचन गरेर कार्यक्रमको उद्धघाटन गरेकि हुन् । कार्यक्रममा पालिका भित्रका विद्यालय व्यवस्थापन समिती अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्र.अ., बालक्लवका प्रतिनिधि, पालिकाकाका कर्मचारी,पालिकाका वडा अध्यक्षहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यलयका प्रमुख राधाकृष्णले जोशीले भनेः यदि पालिका भित्र कोहि बालबालिकाहरु आधारभूत तहको अध्ययन बाट टाढा रहेका भए त्यी बालबालिकाहरु लाई अध्ययनको लागि हामी सबै मिलेर जुटनुपर्ने बताए साथै उनले थपे कार्यक्रममा उल्लेख्नीय सहभागिता रहेको र यसले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी निर्मला बिष्टले भनिन्ः अहिले नवदुर्गा गाउँपालिकाको शिक्षा क्षेत्रमा निकै सुधार भएकोछ । शिक्षाको गुणस्तर सुधारका लागि हामीले अतिरिक्त कक्षा संञ्चालन, अनुगमनलाई निरन्तरा जस्ता कार्यमा जोड दिएका छौ , हामी यस आ.व.मा पालिका भित्र शिक्षाको विकासका लागि ४३ लाख भन्दा बढि खर्च गरेका छौ , शिक्षाको प्रतिफल तत्कालै नदेखिने तर केह िसमय पछि नवदुर्गा गााउपालिका शिक्षा क्षेत्रमा निकै सुधार आउनेछ ।
यस्तै कार्यक्रममा बोल्र्द विशिष्ट अतिथी तथा पालिकाका प्रमुख प्रशासकियि अधिकृत हर्ष रोकाले भन्नुभयोः शिक्षा क्षेत्रमा पालिकाले लगानी उल्लेख्नीय गरेकोछ । यो कार्यक्रम पनि पालिकाले योजना छनौट गर्ने समयमा भएकाले पनि अब आम अभिभावकहरुले पालिकामा शिक्षाको विकाशका लागि बजेट माग गर्नु पर्ने साथै आफ्नो भूमिका सबैले निभाउनु पर्ने बताए ।
अनिर्वाय तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को परिच्छेद १ मा अनिवार्य शिक्षाः आधारभूत तहको अध्ययन पुरा गर्ने बाध्यकारि व्यवस्था गरिएकोछ ।
परिच्छेद २ मा शिक्षामा नागरिकको पहुँच र राज्यको दायित्व
प्रत्येक नागरिकलाई गुणस्तरिय शिक्षामा समतामुलक पहुँचको अधिकार हुनेछ, कसैलाई भेदभाव गरिनेछैन ।

























