२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

निजी विद्यालयमा छोराछोरी पढाउने कर्मचारीलाई गाउँपालिकाद्वारा १० हजार जरिवाना ।

दैलेख -गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाउने तीसजना सरकारी कर्मचारीलाई १० हजार जरिवाना तिर्न भन्दै पत्र काटेको छ । गाउँसभाले यसअघि गाउँपालिकामा रहेको शिक्षक र अन्य सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थियो । गाउँसभाको निर्णयविपरीत निजी विद्यालयमा छोराछोरी पढाएपछि उनीहरूलाई कारबाहीस्वरूप जरिवानाको पत्र पठाएको हो । 

आर्थिक वर्ष ०७६/७७ मा कार्यान्वयन गर्ने गरी गाउँसभाबाट नीति पारित गरिएको थियो । गाउँपालिका अध्यक्ष खेमराज ओलीले भने, ‘करिब एक सयजना सरकारी कर्मचारीलाई नीति पारित गरिसकेकोबारे जानकारी दिएका थियौँ । त्यसमध्ये करिब ७० जनाले सरकारी विद्यालयमा पठनपाठन सुरु गरिसक्नुभएको छ । बाँकी ३० जनाले भने अटेर गरेको पाएका छौँ ।’ अध्यक्ष ओलीले पनि आफ्ना बच्चा निजीबाट निकालेर सरकारी विद्यालयमा राखेको बताए । उनले भने, ‘मेरै बच्चा निजी विद्यालयमा थिए, गाउँसभाबाट नीति पारित भएपछि छोराछोरीलाई सरकारीमा पढाउन सुरु गरेँ ।’ 

सरकारी विद्यालयमा पनि निजी विद्यालयसरहको सुविधा, भौतिक संरचना र शिक्षक व्यवस्थापन गरेको उनको भनाइ छ । गाउँपालिकाबाट लाभको पद धारण गर्ने जनप्रतिनिधि र सबै कर्मचारीहरूका लागि नियम अनिवार्य छ । अन्य सरकारी कर्मचारीले समेत यो नियम मान्नुपर्ने कानुन पालिकाले पारित गरिसकेको उनको भनाइ छ । –  (साभार नयाँ पत्रिका )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।