२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

शुक्लाफाँटा नीजि विद्यालय बेच्ने अखाडा बन्यो : प्याव्सन अध्यक्ष न्यौपाने

कञ्चनपुर- नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेसन(प्याव्सन)का अध्यक्ष महाशर्मा न्यौपानेले शुक्लाफाँटा नगरपालिका नीजि विद्यालय बेच्ने अखाडा भएको बताएका छन् ।

बिहीवार नगरपालिका कार्यालयमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष न्यौपानेले नगरपालिकाले बेलौरी, पुर्नवासमा नीजि विद्यालय बेचेको चर्चा गर्दै अर्को विद्यालय भीमदत्तनगर पालिकामा बेच्न लागिको खवर आएको बताए ।

विद्यालय बेच्ने कार्यमा नगरस्तरीय शिक्षा समितिको निर्णय अनुसार भनेर पत्राचार गरिएकाले नगर प्रमुखको समेत संलग्नता भएको आशंका छ उनले भने, ‘गैरकानुनी विद्यालय खारेजीका लागि प्रकृया अगाडी बढाउनु परयो ।

त्यसो नगरिए कानुनको ढोका ढकढक्याउ छौं ।’ नगरपालिकामा गैरकानुनी कार्य हुन थालेको चर्चा चलेको कुरामा जोड दिदै उनले झोले विद्यालय बन्द गर्नका लागि कार्य अगाडी बढाउन पर्ने उनले बताए । नगरपालिकामा सञ्चालन गर्नका लागि नीजि विद्यालय दर्ता भएका हुन उनले भने, अन्यत्र लैजानका लागि अनुमति दिइनु हँुदैन । त्यस्ता कार्य रोक्नु पर्छ ।

झोलामा राखिने विद्यालयले कर पनि नतिर्ने, विद्यालय सञ्चालन नगरेपनि गैरकानुनी रुपमा कक्षा बृद्धि हुदै जाने र अन्तयमा अन्यत्र बेच्दै जाने कार्य भैरहेको उनको भनाई थियो । यस्ता कार्य गर्ने जो सुकै होस कानुनी कार्वाही हुनु पर्छ । नरोकिए प्याव्स त्यसका विरुद्ध लाग्ने उनको भनाई छ ।

प्याव्सन कञ्चनपुरका तर्फबाट सोही क्रममा अध्यक्ष न्यौपानेले नगर प्रमुख दिल बहादुर ऐरलाई ज्ञापन पत्र समेत बुझाएका छन । केही दिन अघि नगरपालिकाको कार्यालयले खप्तड शिक्षा सदन र फारवेष्ट इन्टरनेशनल स्कुललाई अन्यत्र सरिजानका लागि अनुमति दिएको थियो ।

सोही बिषयलाई लिएर नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरिएको थियो । खप्तड शिक्षा सदनको दर्ता खारेजीका लागि प्रकृया अगाडी बढाउने र सरिजाने कार्यका लागि गरिएको सिफारिस रद्द गर्ने नगरपालिकाको कार्यपालिाको बैठकले निर्णय गरेको थियो ।

गैरकानुनी रुपमा विद्यालय सरिजाने कार्यका लागि सिफारिस दिएको कुराको छानविन गर्नका लागि सुशासन समितिका अध्यक्ष ज्ञान बहादुर बिष्टको संयोजकत्वमा नगरपाकिाले छानविन समिति गठन गरेको छ ।

छानविन समितिको प्रतिवेदन अनुसार दोषि माथि कार्वाही हुने बताईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।