२०८२ असार ३ मंगलवार
२०८२ असार ३ मंगलवार

शैलेश्वर महादेवमा सम्पन्न विराट महायज्ञबाट व्यापक आर्थिक र सांस्कृतिक प्रभाव

शैलेश्वर महादेवमा आयोजित महायज्ञको आय,व्यय प्रस्तुत स् सवा एक करोड बढि आय

डडेल्धुराः शैलेश्वर महादेवमा आयोजित अतिरुद्र विश्व कल्याण विराट महायज्ञ तथा धार्मिक महोत्सव २०८१को आय,व्यय प्रस्तुत गरिएको छ । अमरगढी नगरपालिका वडा नं ७ र ८ तथा नवदुर्गा गाउँपालिका वडा नं १ को संगमस्थलका रुपमा रहेको उक्त क्षेत्रमा चैत २० गतेदेखि ३० गते सम्म महायज्ञ सञ्चालन गरिएको थियो ।
उक्त महायज्ञको आय,व्यय शनिबार सार्वजनिक गरिएको हो । शैलेश्वर महादेव भूमिराज मसानी क्षेत्र विकास समितिको आयोजनामा सञ्चालित महायज्ञको आय,व्यय आर्थिक समितिका संयोजक तथा अमरगढी नगरपालिका वडा नं ८ का अध्यक्ष नरवहादुर साँकीले प्रस्तुत गरेका थिए । आय व्यय प्रस्तुत गर्दै सँयोजक साँकीले महायज्ञमा सोचे भन्दा बढी आर्थिक सहयोग जुटेको वताए । उनले कुल आय १ करोड १७ लाख ५२ हजार ३ सय ७९ , कुल व्यय ६० लाख ३ हजार ३ सय ९५ भएकोमा रु ५७ लाख ४८ हजार ९ सय ९४नगद जम्मा रहेको वताए ।

गत आर्थिक वर्षमा रु २६ हजार ५ सय ३३ मौज्दात रहेकोमा चन्दा ठेली र क्यु।आरबाट रु १ करोड ५ लाख २२ हजार ७ सय ९२ रकम उठेको छ । आम्दानीका रुपमा कलश ठेलीवाट रु ५ लाख २० हजार, लगाएत तुलादान, दानपेटी आरती,गौदर्शन,शालिग्राम आदी आय स्रोतका रुपमा रहेका छन । महायज्ञ सञ्चालन तथा व्यवस्थापनका लागि पनि भएको खर्च शनिबार सार्वजनिक गरिएको छ ।

शैलेश्वर महादेव भूमिराज मसानी क्षेत्र विकास समितिका अध्यक्ष तथा अमरगढी नगरपालिका वडा नं ७ का अध्यक्ष खडक वहादुर बोहराले महायज्ञको उदेश्य अनुसारनै सञ्चालन गरिएको वताए । साथै उनले यस क्षेत्रको व्यापक प्रचार प्रसारका लागि धार्मिक तथा पर्यटकीय रुपमा चिनाउन महायज्ञ गरिएको वताए । समितिको खातामा रहेको रकमवाट यस क्षेत्रको गुरुयोजना बनाउने तथा बिभित संरचनाहरु बनाउने क्षेत्रमा खर्च गरिने बोहराले वताए । अध्यक्ष वोहराले शनिबार नै केहि महत्वपुर्ण निर्णय गरिएको वताए । उनका अनुसार आय व्यय अनुमोदन गर्ने, यस क्षेत्रको विकासका लागि गुरुयोजना निमार्ण गर्ने, पालिकालाई रकम भुक्तानीको लागि अनुरोध गर्ने, दान गरेको जग्गा क्षेत्र विकास समितिको नाममा नामसारी गर्ने , शिलालेख स्तम्भ निमार्ण गर्ने, तथा महायज्ञ सञ्चालनमा सहयोग गरेका सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय भएको छ ।

विश्व शान्तिका लागि चैत २० देखि ३० गते सम्म सञ्चालन गरिएको अतिरुद्र विराट महायज्ञ धार्मिक तथा साँस्कृतिक र सामाजिक परम्परा अनुसार सञ्चालन गरिएको थियो । व्राह्मणहरु द्धारा कोटीहोम, ज्योतिष पंडित जय प्रसाद जोशी द्धारा विभिन्न प्रवचनहरु सञ्चालन गरिएका थिए ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।