२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

युद्धविरामको सहमति भएको भारत र पाकिस्तानद्वारा पुष्टि 

1काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्, ‘शनिबार भारतीय समयअनुसार ३:३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिबार ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ ।’

यस्तै, पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबीच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले पाकिस्तान सँधै यस क्षेत्रको शान्ति र सुरक्षाको पक्षमा रहेको र आफूहरूले देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् । दुवै पक्षबीच मे १२ मा कुराकानी हुने बीबीसीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।