२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

सफताको कथाः रुपालकी दुई दीदीबहिनी (बागमती र गण्डकी) निजामती सेवामाः पहिलो प्रयासमै सफल

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाँउपालिका २ लेकुडाका दुई दीदीबहिनीले नेपाल विद्युत प्राधिकरणको सेवामा नाम निकालेका छन् । दिदी बगामती जोशीले २०७९ सालमा निजामती सेवामा प्रवेश गरेकी थिईन भने उनकी बहिनी गण्डकी जोशीले २०८२ सालमा नेपाल विद्युत प्राधिकरण सेवामा नाम निकालेकी छिन् । आमा यसोदा देवी जोशी र बुबा नवराज जोशीको कोख बाट बागमती जोशीको जन्म वि.सं. २०५३ भदौ २० गते भएको थियो भने, गण्डकीको जन्म वि.सं. २०५५ चैत्र २८ गते भएको थियो । दुबै दिदीबहिनीले आधारभूत तहको शिक्षा गाउँकै विद्यालय भागेश्वर आधारभूत विद्यालय लेकुडा बाट गरेका थिए ।

बागमतीले पहिलो पटक लोकसेवा आयोगको दरखास्त २०७६ सालमा भरिन, त्यस समयमा कोरोना कहरको भएकाले परिक्षा मिती नै सरेको र आफुले तयारि निरन्तर गरिरहेको साथै त्यस समयमा रुडुक डडेल्धुरामा काम गरेको आफ्नो अनुभव खबरदारी न्युजलाई बताईन् । दुर्गम वस्तीमा आफुले काम गर्दै गर्दा आफुले अनलाईन मार्फत तयाारिलाई तिव्रता दिएको र २०७६ सालको दरखास्तमा २०७८ सालमा परिक्षा हुदाँ पहिलो प्रयासमै सफल भएको उनले बताईन् ।

यस्तै उनकी बहिनी गण्डकी जोशीले पनि यसै बर्ष निजामती सेवामा प्रवेश गरिन । उनी नेपाल विद्युत प्राधिकरणको महिला कोटामा पहिलो नंम्बरमा नाम निकाल्न सफल भएकी हुन् । दुबै दीदीबहिनीले पहिलो प्रयासमै लोकसेवामा नाम निकालेको गण्डकी जोशीले बताईन् ।
उनका बुबा प्रा.वि शिक्षक हुन् भने आमा कृषक हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।