२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

अबको ३० वर्षमा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान

   काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले अबको ३० वर्ष अर्थात् २१११ सालसम्ममा नेपाल बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरेको छ । राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदनहरू सार्वजनिक गर्ने क्रममा आज नेपालमा बुढ्यौली अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यस्तो अनुमान सार्वजनिक गरेको हो ।

 प्रतिवेदन अनुसार २०७८ सालसम्ममा नेपालमा ६० वर्ष वा त्योभन्दा माथिको सङ्ख्या कुल जनसङ्ख्याको १० दशमलव २ प्रतिशत पुगेको छ । यो सङ्ख्या २०६८ सालमा ८ दशमलव १ प्रतिशत थियो । २०४८ सालको जनगणनाको भन्दा २०७८ सालमा ज्येष्ठ नागरिकको सङ्ख्या ३ गुणा बढेको छ । जनसङ्ख्या पिरामिडले युवाबहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।

जन्मदरमा कमी आउँदा बालबालिकाको सङ्ख्या घट्दै गएको छ । यस्तै प्रवासनका कारण काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घटिरहेको प्रतिवेदनमा उल्लेख छ । भौगोलिक रूपमा हेर्दा पहाडी क्षेत्रको बुढ्यौली जनसङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । २०६८ सालमा पहाडमा २५ दशमलव ७ प्रतिशत बुढ्यौली जनसङ्ख्या रहेकोमा २०७८ सालमा ४३ दशमलव ६ प्रतिशत पुगेको छ ।

ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बुढ्यौली जनसङ्ख्या अनुपात कम छ । प्रतिवेदन अनुसार ६० वर्षसम्म बाँच्ने मानिसको सङ्ख्या कुल जनसङ्ख्याको ८० प्रतिशत पुगेको छ । जसमा महिलाको ८४ दशमलव ७ प्रतिशत र पुरुषको ७५ दशमलव १ प्रतिशत छ ।

बुढ्याली जनसङ्ख्या बढेसँगै एकल वा श्रीमान्–श्रीमती मात्रै बस्ने सङ्ख्या पनि बढ्दो क्रममा रहेको प्रतिवेदनमा भनिएको छ । बुढ्याैली जनसङ्ख्या बढ्दा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना हुने कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

 

अन्तिम अपडेट: बैशाख २२, २०८२

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।