२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

सेवाग्राहीसँग घुस लिने सईमाथि भ्रष्टाचार मुद्दा

काठमाण्डौ – सेवाग्राहीसँग घुस लिने रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक ९सई० खिमबहादुर खड्कामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

सई खड्काले भारतबाट दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई घुस रकमसहित पक्राउ गरेको थियो । उनीमाथि घुस रकम बराबरको बिगोसहित सजायको माग गर्दै आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

https://www.youtube.com/@villagestudiodadeldhura

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।