डडेल्धुराः जिल्लाको अमरगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष केबी ताम्राकार माथि बिहीबार आक्रमण भएकोछ । उनको पिठ्यु र टाउकोमा चोट लागेकोमा उनि माथि रड प्रहार गरिएको आफान्तले जनाएका छन । वडा अध्यक्ष ताम्राकारको डडेल्धुरा अस्पतालमा उपचार पछि धनगढी रेफर भएका छन् ।
उक्त घटनामा दुबै पक्षले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले बताएका छन् ।
उनका अनुसार दुवै पक्षसंग घटनाको बारे छलफल भैरहेको जनाएका छन् ।
Views: 6,569