२०८२ जेष्ठ २ बिहीबार
२०८२ जेष्ठ २ बिहीबार

शंकर आउजीको खोजी गरिदिनु परिवारको अपिल

कैलाली- कैलाली जिल्ला, गोदावरी नगरपालिका-१२, गौडीका लछी आउजीका छोरा तथा देव नेपालीका दाजु शंकर आउजी मानसिक अपांगता (बौद्धिक अपांगता) भएका व्यक्ति हुनुहुन्छ । विगतमा उहाँलाई अत्तरियास्थित उग्रतारा सुधार केन्द्रमा राखिएको थियो । आंशिक सुधार भएकोले ४ महिना अगाडि उहाँलाई घर ल्याइएको थियो । तर मिति २०८१ साल चैत २९ गते राति ११:४५ बजेतिरको समयमा उहाँ घरबाट अचानक हराउनुभएको छ । परिवार तथा आफन्तजनले सबै सम्भावित स्थानहरूमा खोजी गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन ।

Messenger_creation_4B114027-0883-4F6F-8512-519655C5FE94-1744766560.jpeg

प्राप्त जानकारी अनुसार, मिति २०८१ साल चैत ३१ गते उहाँलाई नेपाल-भारत सिमाना गौरीफन्टामा देखिएको भन्ने जानकारी आएको छ । केही व्यक्तिहरूको भनाइअनुसार, उहाँले “म मुम्बई जाँदैछु” भनेको सुनिएको थियो ।

यस सन्दर्भमा, भारततर्फ रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै नेपालमा रहनुहुने सबै नागरिकहरुलाई विनम्र अनुरोध छ, यदि तपाईँले शंकर आउजीलाई देख्नुभएको छ भने, निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गरी सहयोग गर्नुहोस् :

सम्पर्क नम्बरहरू:

भारतका लागि: +91-7738847716

नेपालका लागि: +977-9848451532 / +977-9848767329

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।