डडेलधुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा परिर्वतन हुने भएकोछ । नेपाल सरकारको पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेरिएकोछ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
१३ वटा निर्णय भएकोमा डडेल्धुराको भागेश्वर गाउँपालिकाले केन्द्र टप्वा कायम गर्ने पनि उल्लेख छ । बगरकोटमा रहेको केन्द्र परिवर्तन गरि टप्वा कायम गर्ने तथा राजपत्रमा प्रकाशित गर्ने निर्णयमा उल्लेख छ ।
यसअघि भागेश्वर गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका थिए । तर, ०८० माघमा बसेको कार्यपालिका बैठकमा भएको मतदानले टप्वा केन्द्र तोक्ने निर्णय गरेको थियो ।
पालिकाको केन्द्र स्यायी रुपमा तोकिने खबरले स्थानीय खुशी भएका छन् । ५ ओटा वडा रहेको पालिकामा भु बनोटका हिसावले टप्वा नै केन्द्र हुने भन्ने कुराले यस अधिको समयमा चर्चा पाएको थियो । केन्द्र तोक्नुका लागि जनप्रतिनिधिहरुमा मतान्तर भएपछि पालिकाले सार्वजनिक छलफल गरि रायसुझाव संकलन गरेको थियो । बेला बेला चर्चामा आउने भागेश्वर गाउँपालिकाको केन्द्रको टुङ्गो लागेपछि आम नागरिकमा पुर्वाधार तथा सुरक्षाको प्रश्न उठेकोछ ।
https://www.facebook.com/share/v/15NYRWmEKf/