बिरजित बोहरा/ चुरे, कैलाली- आज भन्दा आधा महिना अगाडि भारि बर्षातका कारण चुरे गाउँपालीका वडा नं ६ मा बाढि र जताततै जमिन भासिएर तिन दर्जन परिवार बिस्तापित भएका छन् ।



गाउँपालीका वडा नं ६ भित्र रहेका गेरडे,आम्पानी,बबेडि,तल्लो गौजेना,मल्लो गौजेना,तितरे मा बाढि र जताततै जमिन भासिएर तिन दर्जन भन्दा धेरै घर परिवार बिस्तापित भएका छन् ।
बिस्तापित परिवार केहि आफन्तको घरमा बस्दै आएका तथा केहि पाल मुनि बसेर दिन काट्दै गर्दा धेरै समस्या झेल्नु परेको छ । ।
यो समस्यालाई यहाँ समाधानको बिषय अगाडि बढाउनको लागि बिहिवार चुरे ६ का पिडित सबै विस्थापित परिवारहरूलाई संयुक्तरूमा उपस्थिति गराई समितिको गठन गरिएको छ ।
सम्पुर्ण पिडितहरूको भनाई हामि सबैलाई सुरक्षित बसोबासको उपलब्ध गराउन को लागि स्थानिय सरकार देखि अन्य सम्बन्धित निकाय सम्म छिटो पहलको लागि प्रक्रिया अगाडि बजाइयोस् र यो पहलमा सबै पिडित एकजुट भएर सबै पिडिको सहि र सुरक्षित उद्धार गरियोस भनेर संघर्ष समितिको गठन गरिएको छ ।
(सल्लाहकार समिति)
१.संयोजक:खडक ब.रोकाया
२.सचिब:बिरजित बोहरा
३.कोषाध्यक्ष:अम्मर ब.कार्कि
४.सदस्य:सुर्य ब कार्कि
५.सदस्य:हरिना बोहरा
(संघर्ष समिति)
१.संयोजक:टिकाराम कार्कि
२.सचिब: करन सिंह ठगुन्ना
३.कोषाध्यक्ष: अम्मर ब.रावल
४.सदस्य: गमिलाल बोहरा
५.सदस्य: खडक ब.कार्कि
६.सदस्य: मान ब.कार्कि
७.सदस्य:पदम कार्कि
८.सदस्य: प्रकाश बोहरा
९.सदस्य: हर्क सिंह ठगुन्ना
१०.सदस्य: शंकर सिंह मठै
११.सदस्य: कमल सिंह रावल

























