२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने बोहरा पक्राउ

डडेल्धुराः डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका २ घर भई हाल अमरगढी नगरपालिका ५ तुफानडाँडा बस्ने ४५ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएकोछ ।

बोहराले तुफानडाँडामा एमबी मासु पसल सञ्चालन गर्दै आएका थिए। उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

उनको पसलबाट ३१.२२ किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए।

इन्सपेक्टर बमका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।