२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डडेल्धुराका चार योजनामा(पुल र सडक) २१ करोड बढी वजेट स्रोत सुनिश्चित

डडेल्धुराः डडेल्धुरा जिल्लाका चारवटा मोटरेबल पुल सहित एउटा सडक निमार्णका लागि २१ करोड बढी वजेट स्रोत सुनिश्चित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयका अनुसार उग्रतारा मेलौली सडक खण्ड अन्तरगत पर्ने अजयमेरु गाउँपालिका –२ बसाना गाडमा मोटरेबल पुल निमार्णका लागि रु ९ करोड १८ लाख क्रमागत वजेट सुनिश्चित भएको छ ।

यसै गरि प्रदेश सरकार अन्तरगत अर्थ मन्त्रालयले जिल्लाको नवदुर्गा गाउँपालिका अन्तरगत रहेको गौरवको योजना अन्तरगत पोखरा– बेलापुर सडक खण्डको नवदुर्गा गाउँपालिका–१ मा पर्ने सिन्टोलिगाडमा पक्की मोटेरेबल पुलका लागि रु ३ करोड २३ बजेट सुनिश्चत गरिएको भौतिक मन्त्रालयले जनाएको छ ।
त्यस्तै भित्रि मधेष अन्तरगत बहुबर्षिया ठेक्का प्रक्रियामार्फत काम हुनेगरी परशुराम नगरपालिका –८ मा पर्ने डेबरी खोलामा रु ७ करोड ९९ लाख वजेट सुनिश्चित गरिएको छ ।

सडक निमार्णका लागि जिल्लाको भागेश्वर गाउँपालिका वडा ४ मा रहेको बगरकोट–वोगटा सडक निमार्णका लागि रु १ करोड ६० लाख वजेट स्रोत सुनिश्चितता गरिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले जानकारी दिए ।
प्रमुख रावलका अनुसार जिल्लावाट तीनवटा पुल र दुई वटा सडक माग गरिएको थियो । अवको डेढ हप्ता भित्र उक्त योजनाहरुको बोलपत्र आव्हावान गरिने तयारी रहेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।