२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

डडेल्धुरा स्ववियू कसले मार्ला बाजी

डडेल्धुरा- डडेल्धुरा बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्वबियु निर्वाचनका लागि नेपाल बिद्यार्थी संघले सभापति पदको उमेदवारको हिजो टुङ्गो लगाएको छ ।

आइतबार बसेको नेपाल बिद्यार्थी संघ डडेल्धुराको बैठकले अन्य पदका उमेदवारको बिषयमा छलफल भइ रहेको भए पनि सभापति पदका लागि सोहि क्याम्पसमा अध्ययनरत छात्र गौरव ऐरलाइ औपचारिक रुपमा अगाडि सारेको छ ।
नेविसंघ भित्र मुख्य गरि दुई जनाको दाबी हुदै आएको थियो । सभापतिका उमेदवारका दाबीमा रहेका नरेश भट्ट पछाडि हटेपछि सहमतिमा ऐरलाई औपचारिक रुपमा अगाडि बढाईएको स्रोतले जनाएकोछ ।
यस्तै स्ववियु सभापतिमा चर्चामा रहेको अर्को नाम हो मदन बोहरा , बोहराले नेपाली काङग्रेस (विपी) बाट उमेदबारी दिने घोषणा गरेका छन् । यो संगै डडेल्धुराको स्ववियिू निर्वाचनमा ५ दलका संगठनले उमेदबारी दिने कयाम्पस स्रोत्रले जनाएकोछ । बोहरा अघिल्लो निर्वाचनमा पराजित भएका थिए ।

करिब ८ सय ५० जना बिद्यार्थी अध्ययनरत रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा मताधिकार भने ५सय ५२ जना रहेका छन । डडेल्धुरा बहुमुखी क्याम्पसमा चैत ५ गते निर्वाचन हुने भएको छ ।

नेपाल बिद्यार्थी संघ ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ९क्रान्तिकारी० र नेपाल बिद्यार्थी संघ (विपि)ले अहिले सम्म उमेदवार अगाडि सारेको छ ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।