२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

आ.व. २०८०।८१ मा भागेश्वर गाँउपालिकाले शैक्षिक सुधारका नाममा गर्यो ३ लाख खर्च , अनुगमनमा मा १ लाख बढि खर्च (भाग१)

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले गत आ.व २०८०।८१ लाई शैक्षिक सुधार बर्षको रुपमा घोषणा गरि कार्यक्रम संञ्चालन गरेको थियो । पालिकाले उक्त बर्ष शिक्षा शाखामा विभिन्न कार्यक्रकका लागि बार्षिक ३९ लाख ३० हजार रुपैया विनियोजित गरेको थियो । कार्यक्रमा पालिका जनप्रतिनिधी र कर्मचारिहरुले अनुगमनमा मात्रै १ लाख ४५ हजार रुपैया खर्च गरेको देखिन्छ । यस्तै शैक्षिक गुणस्तरका नाममा सबै भन्दा बढि खर्च शैक्षिक गुणस्तर सुधार शिर्षकमा २ लाख ६७ हजार रुपैया खर्च गरेकोछ ।
पछिल्लो समयमा भागेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयहरुको पढाईको गुणस्तर भने खस्कदो अवस्थामा रहेको देखनु सकिन्छ , विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको छ ।
यहाँका मानिसहरुले गुणस्तरिय शिक्षा स्थानीय स्तरमा नपाएपछि जिल्लला सदरमुकाम डडेल्धुरा त कोहि तराईका जिल्ला जाने गरेका छन् ।
किन प्रभावकारि हुन सकेन शैक्षिक गुणस्तर सुधार बर्ष २०८०
पालिकाले घोषणा गरेको शैक्षिक सुधार गुणस्तर बर्ष २०८० को प्रभावकारिता भने देखिएको छैन् । कार्यक्रम लागु भएपनि पालिका भित्रका कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरु परिक्षामा सफ हुनकै लागि ३ देखि ४ महिना भएपनि जिल्ला सदरमुकाम डडेल्धुरामा अतिरिक्त कक्षाहरु पढन् बाध्य रहेका छन् । पालिकाले अनुगमनका नाममा लाखौ रुपैया खर्च गरेपनि त्यो प्रकिृयागत अनुगमन मात्र भएको देख्नु सकन्छि ।
कार्यक्रम सफल नहुनका कारणहरुः
१) विद्यालय अनुगमन हुदाँ पूर्व जानकारि हुन्ः पालिकाले विद्यालय अनुगमन गर्दा पूर्व जानकारि दिने र अनि अनुगमनमा जाने देखिएको छ जसले गर्दा अनुगमनमा आफ्ना गल्तीहरु विद्यालयले पहिले नै लुकाई सकेको हुन्छ । सत्यतथ्य बाहिर आउनु सकदैन् ।
२) सरोकारवाला निकाय संगको साझेदारी न्युनः पालिकाले यस्ता कार्यक्रम लाई सार्वजनिक बनाउनु नस्कुनु नै ठुलो गल्ती हो । यस्ता कार्यक्रममा आम सरोकारबालाहरुको सहभागिता हुनु पर्ने भएता पनि यस कार्यक्रममा भने सरोकारवालाहरुको सहभागिता न्युन देखिएको हो ।
३) संञ्चार तथा कार्यक्रम बारे जानकारि न्युन हुन्ः
पालिकाले संञ्चालन गरेका कार्यक्रमहरु आम नागरिकलाई जानकारि हुनुपर्ने भएता पनि यस कार्यक्रम सम्बन्धि अधिकासं नागरिक बेखवर छन् ।

हाम्रो समिक्षाः
तपाई हामी सबैलाई जानकारि भए अनुसार हामी पनि शैक्षिक गुणस्तर शुधार बर्षको कार्यक्रमको प्रभावकारिता हेर्नका लागि २०८० सालमा खबरदारी न्युजले भागेश्वरका २ विद्यालयमा छड्के गरेका थियौ ।
हामी विद्यालयमा जाँदा कक्षा ६ मा पढने विद्यार्थीले सामान्य पाठ समेत पढन सकेन यसको दोस कसालाई दिने , कक्षा ९ मा पढने विद्यार्थीले पालिकाको भूगोलको बारेमा जानेन् यसको दोष कसालाई दिने ।
हामीले अनुगमन गरेका दुई विद्यालयमा विद्यार्थीको स्तर एउटै थियो ।
हो हामीले छडके गर्दा विद्यार्थीहरुको मनोवल कमोजर भयो होला तर यो कुराले विद्यालय, र पालिकालाई केहि असर परेको होला कि नहोला यसको समिक्षा आगामी दिनमा गर्नेछौ ।
विद्यालयमा देखावढी रुपमा विद्यार्थी हाजिरी, गहृपुस्तिका आदि छन् तर तिनको कार्यान्व्यन सुन्य छ ।
यस्ता पक्षलाई अनुगमन टिमले हेर्ने कि नहेर्ने ?
विद्यालयमा चित्र झै भुण्डढ्यायिएका सेनेटरि प्याड निकाल्ने मेसिन बन्द अवस्थामा छन् , यिनलाई सुचारु गर्ने कि नगर्ने, विद्यालयमा धारा छन् तर विद्यार्थीहरु जुठो लगाएर पानी पिउछन् यसलाई व्यवस्थापन गर्ने कि नगर्ने , विद्यालयमा कम्प्युटर, आधुनिक ल्याबका नाममा लाौ खर्च भएको छ यसको प्रयोग गराउने कि नगराउने यसको जिम्मा पालिकाले लिने कि नलिने ?
विद्यार्थीहरु लाई कसरि आर्कषण गर्ने यस बिषयमा पालिकाले सोच्नु पर्छ कि पर्दैन् ?

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।