डडेल्धुरा – डडेल्धुरा बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पाँच वटा संघ संगठन दर्ता भएका छन्।



निर्वाचन अधिकृत नरेन्द्रराज भट्ट का अनुसार, सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघ संगठन तथा समूह दर्ताको समय तोकिएको थियो। सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरूसहित निम्न पाँच वटा संगठन दर्ता भएका छन्ः
१) नेपाल विद्यार्थी संघ (नेविसंघ) – नेपाली कांग्रेस निकट
२) नेपाल विद्यार्थी संघ (नेविसंघ वीपी) – नेपाली कांग्रेस (वीपी) निकट
३)अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) – नेकपा (एमाले) निकट
४) अखिल क्रान्तिकारी – नेकपा (माओवादी केन्द्र) निकट
५) स्वतन्त्र विद्यार्थी समूह
केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार अगाडि बढ्ने
निर्वाचन समितिले सोमबार संघसंगठन दर्ता गरेपछि मंगलबार ती संगठनहरूसँग बैठक गरी बाँकी कार्यतालिकाबारे छलफल गरेको जनाईएकोछ । त्रिभुवन विश्वविद्यालयले तोकेको निर्वाचन कार्यतालिका यस अनुसार रहेकोछः
फागुन २१ गते – मतदाता सूची प्रकाशन
फागुन २५ गते – मतदाता सूचीउपर दाबी(उजुरीको समय)
फागुन २५ गते – अन्तिम मतदाता नामावली प्रकाशन
फागुन २६ गते – उम्मेदवारका लागि मनोनयनपत्र वितरण
फागुन २७ गते – उम्मेदवारको मनोनयन दर्ता
फागुन २७ गते – उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
फागुन २८ गते – उम्मेदवार नामावलीउपर दाबी(उजुरीको समय
फागुन २९ गते – उम्मेदवार नाम फिर्ता लिने अन्तिम मिति
फागुन २९ गते – उम्मेदवारको अन्तिम नामावली प्रकाशन
चैत्र ५ गते – बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु
स्ववियु निर्वाचनका लागि तयारी तीव्र पारिएको छ, भने प्रतिस्पर्धी विद्यार्थी संगठनहरू चुनावी रणनीतिमा सक्रिय देखिएका छन्।

























