डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आयोजना गरेको एकिकृत स्वास्थ्य शिविर आज बाट सुरु भएकोछ । शिविरको पहिलो दिन २ सय ८ जनाले सेवा लिएका छन् । गाउँपालिका अन्तरगतका पाँच वटै वडाहरुमा २ दिनका दरले सञ्चालन हुने एकीकृत निःशुल्क स्वास्थ्य शिबिरको आज पहिलो दिन नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा बाट सुरु गरिएको हो । एकीकृत निःशुल्क स्वास्थ्य शिबिरबाट स्थानीय नागरिकहरु घरमै सेवा पाउनु सकुन भन्नुका लागि शिविरको आयोजना गरिएको पालिका उपाध्यक्ष निर्मला बिष्टले बताउनुभयो ।
यसरी घर नजिकै सेवा पाउदा स्थानीयहरु खुशी भएका छन् । शिविर नौ दिन चल्नेछ ।



Youtube-
Views: 778

























