२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

सुदूरपश्चिम सरकारको बेरुजु २ अर्ब ६४ करोड माथि

 
facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६४ करोड माथि गएको छ।

प्रदेश सरकारको अर्धवार्षिक समीक्षामा २ अर्ब ६४ करोड एक लाख १६ हजार रुपैयाँ कुल बेरुजु पुगेको देखाइएको हो। महा लेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छैन। तर, प्रदेश सरकारको बेरुजु रकम न्यून मात्र घटेको देखिएको हो।

प्रदेश सरकारको असुल गर्नुपर्ने बेरुजु मात्र २० करोड ४८ लाख ३९ लाख रहेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३५ लाख ४० हजार असुल गर्नुपर्ने बेरुजु फर्छ्यौट गरेको प्रदेश सरकारले १४ करोड ७४ लाख ७६ हजार बाँकी रहेको थियो। प्रदेश सरकारको कुल असुल गर्नुपर्ने बेरुजु भने २० करोड ४८ लाख बढी छ। आर्थिक वर्ष २०७८/७९ मा १६ करोड १० लाख १६ हजार र २०७९/८० मा पाँच करोड ७३ लाख ६३ हजार असुल गर्नुपर्ने बेरुजु रहेको थियो।

प्रदेश सरकारको नियमित गर्नुपर्ने बेरुजु रकम २ अर्ब १२ करोड ७१ लाख ३० हजार रहेको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच करोड १५ लाख ३५ हजार रुपैयाँ नियमित गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ४६ लाख ५७ हजार र २०७९/८० मा १७ करोड ४० लाख ८ हजार नियमित गर्नुपर्ने बेरुजु रहेको थियो।

प्रदेश सरकारको पेस्की बेरुजु ३० करोड ८१ लाख ४७ हजार रहेको छ। गत आर्थिक वर्षमा ६ करोड ४७ लाख रुपैयाँ पेस्की बेरुजु फर्छ्यौट भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ६८ लाख २७ हजार र २०७९/८० मा १४ करोड ५० लाख २० हजार पेस्की बेरुजु रहेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।