२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिकाले सोध्यो ३ दिने स्पष्टिकरण

अछामः साँफेबगर नगरपालिकाका हाकिमलाई कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। फागुन ८ गते बसेको कार्यपालिका बैठकले निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद शर्मालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्क बिहिन भएकोले कार्यपालिका बैठकले ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले बताए। जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका शर्मालाई के कती कारणले अनुपस्थित भएको हो भन्ने विषयमा स्पष्टिकरण सोधिएको नगर प्रमुख कुँवरले बताए।

शर्मा पछिल्लो साढे दुई वर्षको अवधिमा पटक– पटक महिनौसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेको व्यापक जनगुनासो बढेपछि स्पष्टीकरण सोध्ने निर्णय भएको कुँवरको भनाई छ। लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।