अछाम – साँफेबगर नगरपालिका–१३ बाब्ला, बाहुन टोलमा विद्युतको पोलमा चट्याङ् पर्दा ७ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुधबार साँझ विद्युतको पोलमा चट्याङ पर्दा ४ घर परिवारका ७ जना घाईते भएका हुन् ।



घाईते हुनेमा ३४ बर्षीय भुवनेश्वरी जोशी र २१ बर्षीय जयन्ती जोशी रहेका छन् । जिल्ला अस्पताल अछामका अनुसार घाईते द्वयको अवस्था गम्भीर रहेको छ । उनीहरुको हात खुट्टा जलेका छन् । उनीहरुको अहिले जिल्ला अस्पातल अछाममा उपचार भईरहेको छ ।
यस्तै घाईते हुनेमा २१ बर्षीय होमराज जोशी, १३ बर्षीय गोकुल जोशी, १८ बर्षीय तिलक जोशी, १८ बर्षीय सौभाग्य जोशी र १८ बर्षीय देवश्वरी जोशी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
Views: 185

























