कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको वेदकोट नगरपालिका –७ सुडाका ३४ वर्षीय बिरेन्द्र साउँदलाई पक्राउ गरेको हो ।



पक्राउ परेका साउँदबाट ४.८५ ग्राम खैरो हिरोइन फेला परेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 145

























