२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

ऐतिहासिक अजयमेरुकोटमा भग्नावशेषहरुको उत्खनन् कार्य सुरुः गरिनेछ नम्बरिङ

अन्वेषण तथा उत्खनन् कार्यको थालनी हुँदा स्थानीय खुशी

डडेल्धुराः डडेल्धुरामा रहेको प्रसिद्ध ऐतिहासिक तथा प्राचिन अजयमेरु कोटमा अन्वेषण तथा उत्खनन् कार्यको थालनी गरिएकोछ । उक्त क्षेत्रमा पुरातात्विक विभागको टोलीले उक्त कार्यको थालनी गरिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ले जनाएका छन् । अजयमेरु कोटमा दरवार समेतका विभिन्न संरचनाहरु रहेका छन, जुन जिर्ण अवस्थामा छन । कोटकै पर हाट गाउँ छ, जहाँ थुप्रै देवलहरु समेत रहेका छन र उक्त देवलहरुमा विभिन्न अभिलेखहरु समेत छन ।
पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले अहिले तीन हप्ता सम्मका लागि बिभागका विज्ञ टोलीहरुले भग्नावशेषहरुको उत्खनन गर्ने वताए । अधिकृत ज्ञवालीले वि।सं २०६६÷६७ देखिनै अध्ययन गर्न थालिएकोमा विभागले अहिले अन्वेषण तथा उत्खनन गर्ने कार्य गर्न लागेको वताए । अजयमेरुकोट भएको अग्लो डाँडामा रहेका संरचनाहरु भत्कीएको अवस्थामा भएकाले र केहि भत्की सकेकाले ति संरचनाहरु कुन दरवार हुन ? कुन बैठक स्थल हुन ? जस्ता कुरामा अनुमान वा कल्पना गरेर भन्न नसकिने अधिकृत ज्ञवालीको भनाई छ । तर विभागले भने पुर्ण आकारको दरवार वा भवन बनाउने नभई उत्खनन् गरी प्राविधिकको समुहले भत्कीएका संरचनामा नम्बरीङ गर्ने काम गर्ने छ । अजयमेरुकोटको मुख्य दरवार यहिनै हो पनि भन्न नसकिने बिभागको भनाई छ ।
अजयमेरु गाउँपालिका वडा नं २मा रहेको अययमेरुकोटलाई हाटकोट पनि भनिन्छ ।यस क्षेत्रमा थुप्रै भग्नावशेषहरु रहेका छन । अहिले उक्त भग्नावशेषहरुको उत्खनन् कार्य भैरहेको हो । वडा नं २ का अध्यक्ष शिवराज भट्टले पुरातत्व विभागले अहिले प्रारम्भिक चरणको काम सम्बन्धित क्षेत्रमै आएर गरिरहेको वताए ।
साथै उनले अजयमेरुकोटको क्षेत्र अजयमेरु पार्क देखी कोटहाटमा रहेका देवलहरु तथा अमरगढी नगरपालिका वडा नं ४ मा रहेको खजाना घर सम्मका ऐतिहासिक तथा पुरातात्विक कोट, देवल,रानी पोखरी, रानी ताल,गुफाहरु , घोडा तवेली लगाएतका संरचनाहरु कोट अन्तरगत पर्ने भएकाले त्यसको संरक्षण र सम्वद्धनका लागि काम भैरहेको वताए ।
अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रम र वजेटमा समावेश गरि अजयमेरुकोटमा अन्वेषण तथा उत्खनन् कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (बिकास) ले बताए । साथै उनले यो वर्ष रु ९० लाख वजेट विनियोजन गरि काम गरिरहेको जानकारी गराए ।
प्राचिन राजा नागि मल्लको ग्रीष्म कालिन दरवारका रुपमा इतिहासकारहरुले व्याख्या गरेको अजयमेरुकोटमा कतिपय संरचनाहरु जिर्ण रुपमा रहेकाले ति संरचनाहरु के थिए ? भन्ने कुरा अध्ययन अनुसन्धानवाट पत्ता लाग्ने हुँदा हाललाई अन्वेषण तथा उत्खनन् गरि पछि गएर उक्त क्षेत्रमा प्राचिन वास्तुकला झल्काउने किसिमले कोट निमार्ण गर्ने पालिकाको लक्ष्य रहेको छ ।
इतिहासकार हरुले कत्युरी राजवंशका राजा अजयपाल देवले ११औं शताव्दीको सुरुवातीमा यो दरवार निमार्ण गरेकोमा यसको नाम अजयमेरु रहन गएको वताएका छन । राजा निरयपाल देवका ताम्रपत्र वि.सं. १४१९ सम्म अभिलेखमा रहेको यो कोट राजा नागि मल्लले वि.सं १४४१मा कब्जा गरेकोमा यसलाई राजा नागि मल्लको दरवारका रुपमा पनि लिने गरिन्छ ।
यो कोट डडेल्धुराका पर्यटकिय क्षेत्रको रुपमा परिचित रहेकोछ । पछिल्लो समयमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको स्थानीयको भनाई रहेकोछ ।

 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।