२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइतेः जो बिबाहको निम्तोमा गएका थिए…

बैतडीः बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । जिपमा सवारहरु आफन्तको बिबाहको निम्तोमा गएर घर फर्कदै थिए । सवार एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् ।

 शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फिर्ता हुँदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका–१, १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । उहाँका अनुसार घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिप सडकबाट पाँच सय मिटर तल भिरमा खसेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान बाट जिप सहचालकले चलाएको खुलेको छ । सहचालकसँग लाइसेन्स नभएको पाइएको छ । जिपमा बिवाहको भोज खाएर फिर्ता हुँदै गरेका निम्तालु रहेको खुलेको छ । जिपमा चालकसहित आठ जना सावर रहेका थिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।