२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

तराई मधेशमा शीतलहर चल्योः महाशाखा

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो ।

महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा चलेको शीतलहर पर्सि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।

पानी परेजस्तै आकाशबाट लगातार तपतप चुहिने शीतलाई शीतलहर भनिन्छ । जाडोयाममा तराई मधेशमा शीतलहरका घटना बारम्बार हुने गरेको छ । शीतलहरबाट प्रभावित हुने ठाउँमा बसोवास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विशेष ख्याल राख्न आवश्यक छ । यस समयमा सकेसम्म घरबाहिर निस्किन उचित नहुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने तथा वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ ।

शीतलहर घोषणा भएका भन्दा बाहेकका जिल्लामा पनि चिसोले जनजीवन प्रभावित भएको छ । महाशाखाले आजै बिहान साढे ९ बजे शीतलहर विशेष बुलेटिन निकालेर कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको थियो ।
रासस

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।