२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

डडेल्धुरामा ८ लाख के.जि खोटो संकलनः रोकियो निकासी

डडेल्धुराः डडेल्धुरामा संकलन भएको खोटोको निकासी रोकिउकोछ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नै नगरी खोटो सङ्कलन हुने काम बन्द गरिएपछि अहिले खोटो निकासी रोकिएको छ।
डडेलधुराका ५०३ सामुदायिक वन मध्ये ६१ वटा वनबाट खोटो सङ्कलन हुने गरेको डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत भीमबहादुर कँडेलले जानकारी दिए। उनका अनुसार यस वर्ष डडेलधुरामा दिव्या रोजिन टर्पेनटाइन, हिमालयन र माउन्टेन नामक रोजिन कम्पनीले खोटो सङ्कलन गरेका छन्। ती कुनै पनि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भने गरेका छैनन्।

इआइए नगरेका कारण अहिले तीन वटै कम्पनीले सङ्कलन गरेको करिब आठ लाख किलोग्राम खोटो निकासी हुन सकेको छैन । सामुदायिक वनसँग खोटो सङ्कलन कम्पनीहरूले राजस्व बुझाउने गरेर सम्झौता गरेका हुन्छन्।

उनले, भने ‘एउटा वनसँग कम्तीमा पनि पाँच वर्षका लागि सम्झौता हुने गरेको हुन्छ।’ पाँच वर्षमा एक पटक इआइए गरिनुपर्ने हो तर यस वर्ष त्यो गरिएको छैन। खोटो सङ्कलन गरिसके पनि अहिले सङ्कलक कम्पनी इआइए गर्ने चरणमा रहेको उनले बताए।

उनका अनुसार खोटो सङ्कलक कम्पनीहरूले वृक्षरोपण, डढेलो लाग्न नदिन र वन सचेतीकरणका कार्यक्रम अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ तर यी कुनै पनि क्रियाकलाप गर्ने गरेका छैनन् ।

वन कार्यालयले नीतिगत प्रक्रियामा गए निकासी रोकिने र कार्यालय प्रमुखकै सरुवा हुने प्रवृत्ति रहेको वन अधिकृत कँडेलले बताए। वन जोगाउन र दीर्घकालीन रूपमा वनलाई व्यावसायिक बनाइराख्ने गरी कुनै पनि काम हुन नसकेको उनले बताए।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।