२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुराको आलितलमा पुलमा अबैध रूख ढलाएर लाखौंको क्षति

डडेल्धुराः डडेल्धुराको आलितालमा एक ट्रष्ट पुलमा रुख ढलाएर लाखौंको क्षती भएको छ। आलिताल गाउँपालिका वडा नम्बर १ स्थित देउवागाउँ बाट हर्तोला मालागाउँ आवतजावत का लागि जोडने टाँकखोला ट्रष्ट पुलमाथि स्थानीय केही व्यक्तिहरुले अबैध रुपमा सामुदायिक वनक्षेत्र भित्र पर्ने रुख ढलाएर पुर्णरुपले क्षती गराइएको हो।
स्थानीय प्रकाश देउवा लगायतका केही व्यक्तिहरुले वनदेवी सामुदायिक वन क्षेत्र भित्रका रुखहरु व्यक्तिगत प्रयोजनका लागि रुख काटने मेसिन प्रयोग गरि रुख ढलाउने गरेको र सोही क्रममा पुलमाथी रुख ढलाइ पुल भाँचिन पुगेको वडा नम्बर १ का वडाध्यक्ष योगेन्द्र बहादु देउवाले बताएका छन।

करिब ३० लाख बराबरको लागत अनुमानमा झोलुङ्गे पुल महासंघ र आलिताल गाउँपालिकाको साझेदारीमा ३ बर्ष अगाडी आर्थिक बर्ष २०७८र०७९ मा सम्पन्न भएको थियो।आलिताल गाउँपालिकाकै दुर्गम तथा पिछडिएको दलित बस्ती मालागाउँ हर्तोला जोडने एकमात्र पुल हो। बर्षायाममा नदिमा बाढी आउँदा मालागाउँ लगायतका गाउँबाट वडा नम्बर १ को कार्यालय तथा वडा कै एकमात्र माध्यामिक विद्यालय भुवनेश्वरी मा।वि हर्तोलामा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि अससहज भएको छ।

 पुल भाँचिएको महिना दिन पुग्नलाग्दा पनि घटना गुपछिप राखिएको,घटनाका दोषीउपर खोजविन गरि कानुनी कारबाही नागरिएको, क्षती सम्बन्धम प्रहरी मुचुल्का समेत नबनाइएको भन्दै स्थानीयबासि हरु वडा पालिका सहित संबंधित निकायको समेत आलोचना गरिरहेका छन। स्थानीय बासीहरुले सार्वजनिक सम्पत्ति क्षती गर्ने उपर कानुनी कारबाही सहित पुल मर्मतको लागि सम्बन्धित निकाएको ध्यानाकर्षण गराएका छन। – chetankhabar 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।