२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

महाभारत जंगलको डढेलो निभाउन हेलिकाेप्टर परिचालन

काभ्रे – सरकारले काभ्रेको महाभारत जंगलमा लागेको डढेलो निभाउका लागि हेलिकोप्टर परिचालन गरेको छ । गएको मंगलवार दिउँसोदेखि शुरू भएको आगो निभाउन गरेका प्रयासहरू असफल भएपछि आजदेखि हेलिकोप्टरबाट पानी खन्याउने काम भइरहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो । बेथानचोकको वडा नम्बर २ मा पर्ने गुवाभञ्ज्याङमा रहेको पार्कमा बनाइएको पाखेरीबाट पानी लगेर हेलिकोप्टरले आगलागी भएको ठाउँमा खन्याएको छ ।

डढेलो लागिरहेको जंगल खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्छ । वन्यजन्तु र जडीबुटीका लागि प्रख्यात मानिने महाभारत जंगलको १ सय हेक्टरभन्दा धेरै भू–भागमा डढेलो लागिसकेको छ । अहिले डढेलोलाई मानव बस्तीमा जान नदिन प्रयास भइरहेको र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले पर्यटकलाई डढेलो पुग्न सक्ने सम्भावित क्षेत्रहरूमा जान रोक लगाएको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।