डडेल्धुराः डडेल्धुरामा चारदिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न् भएको छ। जिल्लाको अमरगढी नगरपालीका वडा न ५ मा आफ्नो एफ.एम डडेल्धुराको आयोजनामा सोमबार देखि तालिम सुरु भएको तालिम बिहिबार सम्पन्न भएको हो ।



कार्यक्रममा आफ्नो एफ.एम. नेपालका संयोजक विजय मानन्धरले सञ्चार क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीको क्षमता विकास गर्न तालिमको आयोजना गर्न पाउँदा खुशी भएको बताए । उनले पत्रकारिताको माध्यमबाट समाज रूपान्तरण गर्नका लागि सबै प्रशिक्षार्थीलाइ आग्रह गरेका हुन । कार्यक्रममा जम्मा १४ जनाको सहभागिता रहेको थियो भने ५ जना प्रशिक्षकहरु रहेका थिए ।
Views: 336

























