बुढिनन्दा नगरपालिका ५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।



मत्यु हुनेमा बुढिनन्दा नगरपालिका ५ बिरसैनका ६५ वर्षीय कर्णचन्द पाध्याय रहेका छन् ।
बिहीबार बिहान शौचालय जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
करेन्ट लागेर पाध्यायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।
Views: 172

























