डडेल्धुरा- जिल्लाको अमरगढी नगरपालिका ३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगरले आफ्नै श्र्रमतीको गोली हानी हत्या गरेका छन् । डम्बरले घरायसी विवाद हुँदा आज बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।



प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताईएकोछ । श्रीमतीको हत्यापछि फरार रहेका डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
Views: 484

























